कामै गर्दैनन् सीमासम्बन्धी संयन्त्र

काठमाडौं- भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेपछि अतिक्रमित सीमाबारेको बहस पुनः एकपटक सतहमा आएको छ। नेपाली भूमि अतिक्रिमण गरेकाे भन्दै सार्वजनिक वृत्तमा भारतको आलोचना त भइरहकै छ, अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल नगरेको भन्दै सरकारप्रति पनि आलोचनात्मक टिप्पणीहरु भइरहेका छन्। भारत र नेपालबीच करिब १८ सय किलोटिमर लामो खुला सीमा छ।

खुला सीमा साझेदारीमा रहेका नेपाल र भारतबीच दशकौंदेखि सीमा समस्या छ।

भारतले हालै जारी गरेको नयाँ नक्सामा समावेश गरेका कालापानीलगायतका विषयमा पनि ६ दशकदेखि विवाद छ। सीमासम्बन्धी विवाद सुल्झाउन नेपाल र भारतबीच विभिन्न संयन्त्र बनाइएका छन् तर तीनले गरेका काम सन्तोषप्रद छैनन्। 

प्रकाशित मिति: : 2019-11-13 11:23:02

प्रतिकृया दिनुहोस्