विष्णु पौडेल सरकारमा नजाने, मन्त्रिपरिषद पुनर्गठनमा को–को पर्दैछन् ?

 प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसहित शीर्षनेताहरुसँगको परामर्शपछि अर्को साता मन्त्रिपरिषद पुनर्गठन गर्ने भएका छन् । कम्तिमा ६ जना मन्त्री हट्दा केही प्रभावशाली नेताहरु सरकारमा सहभागी हुनेछन् ।

नेकपा स्रोतका अनुसार महासचिव विष्णु पौडेल सरकारमा नजाने भएका छन् । उनले प्रधानमन्त्री तथा दुबै अध्यक्षलाई आफू पार्टी सञ्चालनको जिम्मेवारीमै रहने भन्दै मन्त्री नबन्ने आशय व्यक्त गरिसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । 

अध्यक्षपछिको कार्यकारी पद महासचिव भएकाले भर्खरै पार्टी एकीकरण टुंगिँदै गरेकाले पौडेल सम्पूर्णरुपमा पार्टी काममा खटिने उनीनिकट एक स्थायी कमिटी सदस्यले बताए । पौडेल मिसनकेन्द्रित व्यक्ति भएकाले जुन जिम्मेवारीमा हो, त्यहीँ सफल हुने गरी खटिने उनको भनाइ छ ।

पछिल्लो समय नेकपा पंक्तिमा महासचिव पौडेल अर्थमन्त्री हुने चर्चा चलेको छ । ओलीको पहिलो कार्यकालमा सफल अर्थमन्त्री बनेका र पार्टीको जनमत बढाउने खालेको बजेट ल्याएकार कारण लोकप्रिय बनेका पौडेललाई यसपटक पुनः अर्थमन्त्री बनाउने अनुमान गरिएको थियो

प्रकाशित मिति: : 2019-11-12 18:07:16

प्रतिकृया दिनुहोस्