थुनछेक बहस प्रभावित पार्न आलमका अनेक प्रपञ्च, बहस गर्ने वकिल भन्छन्, ‘मुटु ढुकढुक हुन्छ’

काठमाडौं– बम विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप लागेका सांसद आफताब आलमको मुद्दामा रौतहट जिल्ला अदालतमा थुनछेक बहस चलिरहेको छ ।

लामो समयदेखि रौतहटमा प्रभाव जमाएर बसेका आलम प्रहरी हिरासतमा रहँदा जिल्लाभर सुरक्षा व्यवस्था कडा पारिएको छ । 

भारतसँग सिमाना जोडिएको जिल्ला तथा भारतीय नागरिकहरू पनि प्रयोग भएकाले सुरक्षा चुनौती ठूलो छ ।

‘जिल्ला अदालतमा बहस चलिरहेको छ । बाहिर मानिसहरूको पनि ठूलै भीड छ । कुनै अप्रिय घटना नहोस् भन्ने हिसाबले सुरक्षा व्यवस्थालाई बढाएको हौं,’ जिल्ला प्रहरी कार्यलयका प्रवक्ता प्रहरी नायब निरीक्षक (डीएसपी) नविन कार्कीले लोकान्तरसँग भने ।

इँटाभट्टामा जलाइएका रौतहटको साबिक सरुवठा गाविस वडा नम्बर ९ हाल यमुनामाई गाउँपालिका–४ का मोहम्मद ओशी अख्तरकी श्रीमती आमना खातुनले रौतहट जिल्ला अदालतमा निवेदन दिइन् । निवेदनको व्योहोरा थियो मेरा पति जिउँदै छन्, विदेश गएका छन् । 

उनले दिएको निवेदनले सबैलाई आश्चर्यमा पार्‍यो । पछि तिनै आमनाले आफ्ना श्रीमान्को मृत्यु दर्ता गराएको तथ्य बाहिरियो ।

पछि प्रहरीले सोधपुछ गर्दा आलमका मानिसहरूले धम्की दिएकाले निवेदन दिएको प्रहरी बताएपछि घटनालाई प्रभाव गर्न आलमले के सम्म गर्न भ्याए भन्ने कुरा प्रस्ट भयो ।

प्रकाशित मिति: : 2019-11-12 17:38:17

प्रतिकृया दिनुहोस्