यातायात विभागका अपूरा दश योजना

यातायात व्यवस्था विभागले उपत्यका लगायतका मुख्य सहरको सवारीसाधनको व्यवस्थापन गर्न दर्जनौ निर्णय गरे पनि कार्यान्वय गर्न सकेको छैन।

हरेकपटक नयाँ कार्यालय प्रमुखको पदवहाली भएसँगै ‘लोकप्रिय’ बन्न नयाँनयाँ कार्यक्रम घोषणा गरे पनि कार्यन्यवन भने भइरहेका छैनन्।

उपत्यकामा पछिल्लो १० बर्ष यता सवारी साधनको चाप बढ्दो छ तर, व्यवस्थापनको पक्षलाई ध्यान नदिदाँ उपत्यकाबासीले घण्टौसम्म जाममा बस्नुपर्ने, उत्सर्जित धुँवाधुलोसँगै प्रदूषित वायूसँग जीवन विताउनुपर्ने बाध्यता छ। तर, यसको व्यवस्थापनका लागि यातायात व्यवस्था विभागले नतिजामुखी काम गर्न सकिरहेको छैन।

कर्मचारीले जनताप्रति हेपाहा प्रवृत्ति देखाएर काम नगरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता ज्योति बाँनियाको आरोप छ।

सवारी प्रदूषण न्युनिकरणका गर्न र सवारी साधन लाई दर्तादेखि सञ्चालन प्रक्रियासम्म व्यवस्थित गर्न विभागले वेवास्ता गरेको उनको आरोप छ। बर्षेनी विभागले पत्रकार सम्मेलन नै गरेर नयाँ नयाँ कार्यक्रमहरु सार्वजनिक गर्ने गरेको छ, तर पुरा गरेको एउटा पनि उदाहारण छैन।

यातायात व्यवस्था विभागले सार्वजनिक गरी पुरा नगरेका दश योजनाहरुः

प्रकाशित मिति: : 2019-11-12 10:31:39

प्रतिकृया दिनुहोस्