७६ वर्षदेखि कार्यान्वयनमै आउन सकेन अदालतको फैसला

सर्वोच्च अदालत

काठमाडौं। सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं मुद्दा अझै कार्यान्वयनमा आउन सकेका छैनन् । कार्यान्वयनमा आउन नसक्दा पीडित पक्षले न्यायको अनुभूति गर्न पाएका छैनन् । यसले फैसला कागजको खोस्टा बन्ने खतरा बढाएको छ । फैसला कार्यान्वयन कार्यालयको तथ्यांक हेर्दा २००० सालदेखिका फैसला भएका मुद्दा कार्यान्वयनमा आउन नसकेर अलपत्र छन् । समन्वय अभावका कारण धेरै मुद्दा फैसला भएर पनि कार्यान्वयनमा आउन नसकेका हुन् ।
कर्तव्य ज्यान, लागूऔषध, अवैध मुद्रा निकासी, जाली राहदानी, भ्रष्टाचार, डकैती, मूर्ति चोरी, बलात्कार, मानव ओसारपसार, हातहतियार खरखजाना, खोटा चलन, विदेशी विनिमय, वैदेशिक रोजगार, अवैध कारोबारलगायतका मुद्दा फैसला भई कार्यान्वयनमा आउन नसकेको पाइएको छ । ७५ हजार बढी मुद्दा फैसला भई कार्यान्वयनमा आउन नसकेको र यसबाट राज्यले उठाउनुपर्ने अर्बौं रुपैयाँ उठाउन नसकेको पाइएको छ ।

प्रकाशित मिति: : 2019-11-12 08:40:37

प्रतिकृया दिनुहोस्