उपसभामुख शिवमायाको शर्त : सभामुख बनाउने भएमात्र राजीनामा दिन्छु

Photo Credit :Onlinekhabar.com

उपसभामुख डा. शिवमाया तुम्बाहम्फेले नयाँ सभामुख चयनका लागि निकास दिन आफू तयार रहेको बताएकी छन् । तर सभामुख पद आफूले पाउनुपर्ने उनको शर्त छ ।

संसद सचिवालयकै एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सभामुख कृष्णवहादुर महराले राजीनामा दिएका थिए । अब संसद अधिवेशन आह्वान गर्ने समय हुन लाग्यो तर नयाँ सभामुख चयनको प्रक्रिया अगाडि बढ्न सकेको छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले मंसिर १४ को उपचुनावलगत्तै सभामुख चयन प्रक्रिया अगाडि बढाउन चाहेको छ ।

तर नेकपाले संवैधािनक व्यवस्थाका कारण अब सभामुख र उपसभामुखमध्ये एउटा मात्र पद लिनसक्नेछ । उसले सभामुख पद लिन चाहेको छ । यसका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउनुपर्छ ।

उपसभामुख तुम्बाहम्फेले पनि सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाबारे आफू जानकार रहेको बताइन् । सोमबार अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्–म निकास दिन तयार छु र सभामुख पद नेकपाले छाड्नु हुँदैन भन्नेमा पनि प्रष्ट छु ।’

 

प्रकाशित मिति: : 2019-11-11 16:59:59

प्रतिकृया दिनुहोस्