अफताब पक्राउ प्रकरणलाई लिएर प्रहरीभित्र जुँगाको लडाइँ !

Photo Credit : Onlinekhabar

रौतहटको फरदवामा १२ वर्षअघि भएको विष्फोट प्रकरण पछिल्लो समय चर्चामा छ । नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमलाई मुख्य अभियुक्त बनाएर जिल्ला अदालत, रौतहटमा मुद्दा दर्ता भइसकेको छ ।

चुनावी अभियानका क्रममा तयार पारेको बम विष्फोट भएको घटनालाई लुकाउन प्रहरी प्रशासन समेतको मिलेमतोमा दर्जन बढी घाइतेलाई ईंटा भट्टामा लगेर जलगाइएको अफताबमाथि आरोप छ ।

एकातिर ढिलै भएपछि एउटा नरसंहारका आरोपितलाई गिरफ्तार गरेर कानूनी दायरामा ल्याउन सफल भएको भनेर नेपाल प्रहरीको प्रशंसा भइरहेको छ भने अर्कातिर संगठनभित्रै चाहिँ रोचक दृश्य देखिइरहेको छ ।

प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय, रौतहटबीचको मतभेद सार्वजनिक रुपमा देखिएको छ ।

 

प्रकाशित मिति: : 2019-11-10 14:08:32

प्रतिकृया दिनुहोस्