आँखा खोल्दा कालापानी त भारतमा : के व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीको सडक सपना पूरा होला?

स्थानीय तहमा निर्वाचन भएसँगै दार्चुलाको व्यास गाउँपालिकाले कालापानीसम्म पदमार्ग बनाउने निर्णय गर्‍यो। त्यसका लागि तयारी पनि भयो। तर, पदमार्ग बनाउन भने सजिलो थिएन। असजिलो हुनुको कारण चाहिँ विकट भूगोलमात्र होइन। हो त राजनीतिक, त्यो पनि छिमेकी मुलुक भारतको। यही गाउँपालिकाको वडा नम्बर १ हो छ्याङ्गरु जहाँ एक सयभन्दा बढी घरधुरी छन्। छ्याङ्गरु पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्छ अनि फेरि नेपाल छिर्नुपर्छ। ओहरदोहरका लागि कागजी प्रकृया पनि पूरा गर्नै पर्ने वाध्यता। व्यास गाउँपालिकाले त्यही भएर नेपाली भूमिमै बाटो बनाउने तयारी गरेको थियो।

‘अहिले शहरमा कालापानी र लिपुलेकबारे चर्चा भइरहेको रहेछ। स्थानीय सरकार आएपछि हामीले ठूलो दबाबका बीच जसोतसो पदमार्ग बनाउन आँटदा हामीलाई रोक्ने प्रयास भयो। हामीले भारतको कुरा नसुनी पदमार्ग बनाउने काम गरेका थियौं,' व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिंह बुढाथोकीले पहिलोपोस्टसँग भने।

स्थानीय तहका जनप्रतिनिधिले सडक बनाउन भोग्दै गरेको सकस केन्द्र सरकारका नजरमा वेमतलवको सिकार भयो। फलश्वरुप सरकार त्यसका लागि बोल्न तयार भएन।

प्रकाशित मिति: : 2019-11-10 09:36:21

प्रतिकृया दिनुहोस्