तापक्रम वृद्धिले सगरमाथा क्षेत्रका हिमताल फुट्ने खतरा

सोलुखुम्बु : जिल्ला विपद् व्यवस्थापन समिति सोलुखुम्बुले हिमतालको जलप्रवाह हुने क्षेत्रमा पूर्वसूचना प्रणाली जडान गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ। दूधकुण्ड हिमाललगायत थुप्रै हिमातालबाट आधादर्जनभन्दा बढी नदी सोलुखुम्बुको विभिन्न क्षेत्र हुँदै बग्ने भएकाले ताल संरक्षण गर्दै पूर्वसूचना प्रणाली जाडन गर्न माग गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए। विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्लाको माथिल्लो क्षेत्रमा कैयौँ हिमताल रहेका छन्। दिनप्रतिदिन तापक्रम बढेकाले ती हिमतालहरू जुनसुकै बेला फुट्न सक्ने आशंकासमेत व्यक्त हुँदै आएको छ। जसले गर्दा जिल्लाको तल्लो क्षेत्रका सोलुखोला, दूधकोशी, इङ्खु, हुंगालगायतको नदी किनारका हजारौँ स्थानीय त्रासपूर्ण जीवन बिताउँदै आएका छन्।

प्रकाशित मिति: : 2019-11-10 09:33:25

प्रतिकृया दिनुहोस्