‘फास्ट ट्र्याक’बाट हिँड्दै प्रधानमन्त्री

तस्बिरः गोरखापत्र

काठमाडौँ, कात्तिक २४ गते । राजधानीको नियमित किसिमको दैनिकी बिर्साउन हालै मात्र सिभिल इन्जिनियरिङको स्नातक उत्तीर्ण गरेका साथीहरूको टोलीसहित विवेक पण्डितले मार्दी हिमालको आधार शिविरसम्मको ट्रेकिङ पूरा गर्नुभयो । पाँच जनाको उक्त टोलीको तीन दिने ट्रेकिङले निकै स्फूर्ति मिलेको उहाँको अनुभव छ । फरक खालको यात्रामा जाने सोचका साथ यसपटक ट्रेकिङ रोजाइमा परेको उहाँले बताउनुभयो ।
हेटौँडामा अध्यापन गर्दै आउनुभएकी प्रियङ्का श्रेष्ठ पनि यसपटक बिदाको उपयोग गर्दै विश्वकै अग्लो स्थानमा रहेको मनाङको तिलिचो तालसम्मको टे«किङमा जानुभयो । तीन जनाको उहाँको टोलीले यो यात्राका लागि नौ दिन खर्च ग¥यो । त्यसो त श्रेष्ठ हरेक वर्ष एकपटक ट्रेकिङमा निस्कने बताउनुहुन्छ । ट्रेकिङका क्रममा प्राकृतिक सुन्दरताको आनन्द त छँदै छ त्यसमाथि यसले स्वास्थ्यमा समेत निकै फाइदा गर्छ, उहाँको अनुभव छ । आफ्नै देश घुम्नुपर्छ भन्ने पे्ररणाले पनि टे«किङमा उत्साहित बनाउने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: : 2019-11-10 07:16:34

प्रतिकृया दिनुहोस्