प्रधानमन्त्री ओलीले उद्घाटन गरेको ग्यास ‘पाइपलाइन’ उपेक्षित, आर्थिक अभावले संकटमा

Photo Credit : Ratopati

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निर्वाचित हुने बित्तिकै विकासका विभिन्न नारा अघि सारे । पानी जहाज, रेलका अतिरिक्त उनले ‘घर घरमा पाइपलाइनबाट ग्यास’ भन्ने नारा अघि सारे ।

प्रधानमन्त्री ओलीका नारालाई धेरैले मजाक पनि बनाए । त्यति नै बेला विराटनगरबाट एउटा खबर बाहिर आयो– यहाँ नीजि क्षेत्रबाट पाइपलाइनमार्फत घरघरमा ग्यास पु-याउने तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीसम्म यो कुरा पुग्यो अनि ‘पाइपबाट घर–घरमा ग्यास’ भन्दै प्रधानमन्त्रीबाट उद्घाटन गराइयो । उद्घाटनमा प्रधानमन्त्रीले ‘एउटा सपना यसरी साकार हुँदो रहेछ’ भनी आफ्ना नाराको बचाउ गरे ।

तर, आफ्नै हातबाट उद्घाटन गरिएको त्यो पाइपलाइनको अवस्था कस्तो छ, चलिरहेको छ कि छैन, समस्या के के छन्, भन्नेबारे प्रधानमन्त्री ओलीले जानकारी लिएनन् । बरु प्रधानमन्त्री ओलीले आफ्नो कार्यप्रगतिमा त्यसलाई पनि समावेश गरेका छन् ।

प्रकाशित मिति: : 2019-11-07 11:03:04

प्रतिकृया दिनुहोस्