चिनियाँ राष्ट्रपति सी नेपाल आउने कुरा हामीलाई थाहा छैन: मन्त्री बाँस्कोटा

फाइल तस्बिर

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने मिति टुंगो नलागिसकेको बताएका छन् । चीनको तर्फबाट फाइनल भइसकेपछि मात्रै मिति घोषणा हुने उनले बताए।

बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले भने, 'भ्रमण मिति तय भइसकेको छैन । उताबाट हामीलाई जानकारी पनि छैन । जानकारी प्राप्त भएको दिन थाहा पाउनेछौं ।'

उनले सरकारले निकट भविष्यमा हुन लागेको चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणले चीन र नेपालको सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास लिएको बताए । २३ वर्षपछिहाम्रो समस्यारहित सम्बन्ध रहेको छिमेकी चीनबाट हुन लागेको यो उच्चस्तरीय भ्रमणले द्विपक्षीय हित हुने, आर्थिक र सामाजिक उपलब्धीहरु सेयर गरेर लाभ पुग्ने उनले बताए ।

नेपालले यो वर्षलाई कुटनीतिक मामिलामा उच्चस्तरीय भ्रमणको वर्षको रुपमा अगाडि बढाएकाले सरकार उत्तरी मात्रै होइन दक्षिणी, युरोपेली र अमेरिकीको पनि उच्चस्तरीय भ्रमण पनि भइरहुनपर्छ भन्नेमा रहेको उनले बताए ।

प्रकाशित मिति: : 2019-09-26 16:57:43

प्रतिकृया दिनुहोस्