हामी चल्ते चलाते ढङ्गले होइन,नवीनता र सहजताका साथ अगाडि जान चाहन्छौँ: प्रधानमन्त्री ओली

बिएल

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका जिम्मेवारी जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्रालयलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बसेको चालू आर्थिक वर्षको प्रारम्भिक दुई महिनामा मन्त्रालयहरुले गरेको कामको समीक्षात्मक  बैठकमा आफूसँग गरिएको कार्य सम्पादन सम्झौता जतिसक्दो छिटो कार्यान्वयनमा लैजान सबै मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् ।

 

बैठकमा एक मन्त्रालयका फाइल अर्को मन्त्रालयमा रोकिएर पछि प्रगति हुन नसकेको कुरा उठेपछि प्रधानमन्त्री ओलीले बढी अल्झिने मानिएका मन्त्रालयलाई ढिलाइ नगर्न र अर्को मन्त्रालयको प्रगतिमा सघाउन आग्रह गरे । उनले भने, ‘हामी चल्ते चलाते ढङ्गले होइन, नवीनता र सहजताका साथ अगाडि जान चाहन्छौँ । जटिलता होइन । सहजता खोज्नुपर्छ ।’

एक महिनाअघि प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुसँग र मन्त्रीहरुले आ– आफनो मन्त्रालयका सचिवसँग एक वर्षे कार्य सम्पादन सम्झौता गर्नु भएको थियो । त्यसैमा केन्द्रित भएर सबै मन्त्रालयको चालू आर्थिक वर्षको दुई महिनाको कार्य प्रगति समीक्षा गरिएको हो ।

 

प्रकाशित मिति: : 2019-09-26 16:31:17

प्रतिकृया दिनुहोस्