नेपाल घुम्दै राजदूतहरू

काठमाडौँ, कात्तिक १७ गते । नेपालका लागि अस्टे«लियाका राजदूत पिटर बडले हालै मात्र गोक्यो ताल, चोला पाससहित सगरमाथा आधार शिविरसम्मको पदयात्रा गर्नुभयो । १२ दिने यात्रामा त्यस आसपासका तस्बिर उहाँले ट्विटरको आफ्नो आधिकारिक ‘ह्यान्डल’मार्फत निरन्तर ‘पोस्ट’ पनि गरिरहनुभयो । पदयात्रापछि उहाँले लेख्नुभयो ‘कस्तो अविश्वसनीय अनुभव अनि कति सुन्दर देश !’
राजदूत बड मात्र होइन अन्य देशका राजदूत पनि पछिल्लो समय नेपालका फरक ठाउँहरू घुमघामका तस्बिर सामाजिक सञ्जालमा राखेको भेटिनु हुन्छ ।
ट्विटरमा निकै सक्रिय नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी बेरीले गत हप्ता मात्रै आफ्नो पछिल्लो यात्रा पोखरामा गर्नुभयो । अनि त्यहाँको बसाई आफूलाई अविश्वसनीय आराम दिएको उल्लेख गर्नुभयो । त्यसअघि ल्हो मान्थाङ्सम्मको टे«किङ मात्र नभई काठमाडौँ उपत्यकाभित्रकै विभिन्न ठाउँमा नियमित घुमघामको अनुभवसहितका तस्बिर उहाँले ट्विटरमा राख्नुभएको छ । त्यति मात्र नभई नेपालका मौलिक परिकार र संस्कृतिको अनुभव उहाँका ट्विटमा प्रायः भेटिने सामग्रीहरू हुन् ।

प्रकाशित मिति: : 2019-11-03 08:53:49

प्रतिकृया दिनुहोस्