एक वर्षभित्र यी सडकले जोड्दैछन् नेपालबाट चीन र भारतलाई

केही साताअघि चीनका राष्ट्रपति सी जिन्पिङले नेपाल भ्रमण दुई देशबीच भएका समझदारीपछि नेपाल हुँदै भारत र चीनलाई जोड्ने सडकबारे चर्चा हुन थालेको छ।

राष्ट्रपति सीको दुईदिने राजकीय भ्रमण सकिएपछि नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा कोशी, गण्डकी र कर्णाली कोरिडोर निर्माणमा चीनको प्रतिबद्धता दोहोर्‍याइएको छ।

अहिले कालीगण्डकी कोरिडोरबाहेक अन्यत्रका मार्गमा नेपालले आफ्नै लगानीमा निर्माणकार्य अघि बढाइरहेको छ।

तर यो विज्ञप्तिपश्चात् उत्तर-दक्षिण जोड्ने अन्य सडकमा पनि चीनको आर्थिक सहभागिता हुने देखिएको छ।

प्रकाशित मिति: : 2019-11-01 19:42:35

प्रतिकृया दिनुहोस्