बलात्कारीलाई जेल र जरिवानाले मात्रै न्याय नहुने रहेछ, यो समाजमा कसरी बाँच्नु?

विस २०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन्।  एसएलसीको परीक्षा दिन आफ्नो ठूलोबुवाको छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ गते बलात्कारमा परेकी हुन्। 

पाटन नगरपालिका–१ साविकको कैलपाल गाविसबाट उनी पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन पुगेकी थिइन्। चौध वर्षीया पूजा एसएलसीको गेसपेपर किन्न पसलमा जाँदा पसलेहरुबाटै सामूहिक बलात्कारको शिकार भएकी थिइन्।

जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र चाँदनी फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अमर अवस्थीले उनीमाथि बलात्कार गरेका थिए। उनीहरु दुबैलाई सर्वोच्च अदालतले दोषी ठहर गरेको छ।  सर्वोच्चको फैसलापछि पूजाले आफूले ढिलै भएपनि न्याय पाएको प्रतिक्रिया दिएकी छन्।

उनले भनिन् 'न्याय पाउँछु भन्ने आश मरिसकेको थियो। ढिलै भए पनि न्याय पाएँ ।'

प्रकाशित मिति: : 2019-10-29 06:50:44

प्रतिकृया दिनुहोस्