चराहरूको 'डन'ले चिन्छ झटारो हान्ने मान्छे

काग, यमराजको दूत। तिहारको पहिलो दिन कागपूजा गरी खानेकुरा खुवाउने चलन छ। उसो त नेपाली समाजमा कागलाई खबरवाहकका रूपमा पनि लिइन्छ। आफन्त, नातेदार दिवंगत भए, कोही पाहुना आउने भए, बार्दली या रूखमा बसेर सन्देश दिन्छ भन्ने मान्यता अझै छ।

हिन्दू धर्मकथाअनुसार यमराजलाई बहिनी यमुनाले कागमार्फत् नै पहिलोपटक खबर पठाएकाले तिहारको पहिलो दिनै कागपूजा गर्ने प्रचलन बसेको हो।

काग र हामी मान्छेबीच धर्मको मात्रै सम्बन्ध छ त? 

हामीले यसबारे चराविद् डा. हेमसागर बरालसँग सोधेका छौं। उनले कागबारे विभिन्न रोचक तथ्य बताउँदै यसका अनौठा आनीबानी र विशेषता सुनाए। र, कागका यी बानी मान्छेको हितमा भएको उनी बताउँछन्।

बरालका अनुसार कागको विकासक्रम मान्छेसँगै भएको देखिएको छ। त्यसैले यो मानिसको साथी बन्दै गयो। 

'काग निकै बाठो हुन्छ। उखानै छ, कागजस्तो चलाख। त्यो विम्ब त्यसै सिर्जना भएको होइन। कागले मान्छेको कल्पना बाहिरका क्रियाकलाप देखाउँछ,' चराविद् बराल भन्छन्, 'कोही मान्छेसँग खानेकुरा छ भन्ने थाहा पायो भने काग पछिपछि लाग्छ। र, खानेकुरा बढी भए भविष्यका लागि सञ्चय समेत गर्छ।'

उनले सगरमाथा राष्ट्रिय निकुञ्ज घुम्दा कागसँगको अनुभव सुनाए।

प्रकाशित मिति: : 2019-10-26 15:12:59

प्रतिकृया दिनुहोस्