कुमार बस्नेतहरुलाई पनि समाउने कि सरकार ?

९ कात्तिक, काठमाडौं । सरकारले तीन दिनमा दुई कलाकार पक्राउ गर्‍यो । मंगलबार दुर्गेश थापा र बिहीबार र्‍यापर भिटेन । उनीहरुमाथि सरकारको अभियोग थियो- संस्कृतिमाथि प्रहार गरेको । अश्लील गीत गाएको ।

दुर्गेशले तिहार गीत सार्वजनिक गरेको तीन महिनापछि सरकारलाई लाग्यो- यसले बितायो ! 

भिटेनले ७ जून २०१९ मै युट्युवमा गीत राखेका थिए- हामी यस्तै त हो नि ब्रो ! यो गीत एक करोड ९० लाख पटक हेरिसकिएको थियो । बिहीबार मात्र सरकारलाई लाग्यो- भिटेनका शब्दले त समाजलाई बित्यासै पार्‍यो ।

र्‍यापर भिटेनमाथि अश्लीलता फैलाएको मुद्दा लगाएर प्रहरीले हिरासतमा कोच्यो । सामाजिक सदभाव खल्बलाउने निर्क्यौल गर्‍यो र भिटेनलाई पक्राउ गर्‍यो । भलै उनी तारेख धाउने गरी शुक्रबार छुटेका छन् ।

प्रकाशित मिति: : 2019-10-26 14:48:40

प्रतिकृया दिनुहोस्