गन्तव्यमा पुग्न नपाउँदै उनको त्यो यात्राको दुःखान्त भयो।

काठमाडौँ । नेपाली काँग्रेस चरम गुटबन्दीले ग्रसित छ । चरम गुटबन्दीकै कारण महाधिवेशनको दुई महिनाभित्र गठन गरिसक्नुपर्ने पार्टी विभाग र समिति अहिलेसम्म गठन हुने सकेको छैन । 

गुटबन्दीबाट काँग्रेस बन्धक बनेको पछिल्लो उदाहरण बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकलाई लिन सकिन्छ । उक्त बैठकका एजेण्डा थिए–पार्टीका विभागहरु गठन र उपनिर्वाचनका लागि उम्मेवारी छनोट  तथा अन्तरिक तयारी ।

सोही एजेण्डा बोकेर पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता औपचारिक रुपमा बैठक सञ्चालनका लागि ४ बजे पार्टी कार्यालयकाको तेस्रो तलामा रहेको बैठक हलमा प्रवेश गरेका थिए ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु पार्टी कार्यालयको पहिलो तलाबाट माथि उक्लिन तयार भएनन् ।

प्रकाशित मिति: : 2019-10-26 14:33:55

प्रतिकृया दिनुहोस्