‘म मरिरहेछु, सास फेर्न सकिरहेको छैन’

भियतनामको एउटा सानो सहर हा तिन्ह।

निकै खुकुला भइसकेका इँटाले अड्याएको एउटा सानो घर, पुरानो टीनको त्यो छानोमुनि बाआमासँगै बस्थिन् ‘फाम थी ट्रे माय।’
त्यही सानो झुपडीको बाहिर भियतनामको एउटा झन्डा फहराइरहेको हुन्थ्यो।

यो एउटा औसत परिवार हो, जसका सदस्यले मासिक ४ सय डलर आम्दानी गरिरहेका थिए। छोरीका लागि भनेर बाआमाले निकै मेहनतका साथ त्यो पैसा बचाइरहेका थिए।

किनकि फामको बेलायत यात्रा तय भइसकेको थियो। छोरी बेलायत गएपछि ‘जीवन बदलिनेछ’ भन्ने आशा अनि सपना थियो।
तर, गन्तव्यमा पुग्न नपाउँदै उनको त्यो यात्राको दुःखान्त भयो।

प्रकाशित मिति: : 2019-10-26 14:29:16

प्रतिकृया दिनुहोस्