राजपा महाधिवेशन नहुने, पदाधिकारी वा राजनीतिक समिति बैठक बस्ने

अन्ततः तराई मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको महाधिवेशन नहुने भएको छ।

कात्तिक २७ देखि २९ का लागि तोकिएको महाधिवेशन स्थगित गरी पदाधिकारी वा राजनीतिक समिति बैठक बोलाउने तयारीमा राजपा नेपाल लागेको छ।

महाधिवेशन र उपनिर्वाचनसहित काठमाडौंमा जारी अध्यक्ष मण्डलको बैठकले महाधिवेशन गर्न तोकेको मितिमा पदाधिकारी वा राजनीतिक समितिको बैठक राख्ने तयारी भएको महासचिव केशव झाले जानकारी दिए।

प्रकाशित मिति: : 2019-10-25 18:28:47

प्रतिकृया दिनुहोस्