सरकारी कार्यालयले मनलाग्दी विज्ञापन गर्ने दिन गए

विधेयक प्रमाणिकरण गर्दै राष्ट्रपति विद्यादेवि भण्डारी

काठमाडौँ– विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्ने विधेयक प्रमाणीकरण भएको छ।  संघीय संसदका दुवै सदनबाट पारित भएर राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रमाणित गरी पठाएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रमाणीकरण गरेकी हुन्।

विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएर ऐनको रुप लिएसँगै सरकारी कार्यालयहरुले आफू खुशी विज्ञापन गर्न नपाउने भएका छन्। विधेयकमा आफुखुसी विज्ञापन गर्ने चलनमा रोक लगाउँदै एकद्वारा प्रणालीबाट मात्रै विज्ञापन गर्न पाउने व्यवस्था गरिएको छ।

 

 

 
प्रकाशित मिति: : 2019-10-25 18:22:07

प्रतिकृया दिनुहोस्