कानूनले नेता होइन, अपराध चिन्न थाल्यो ! ३ वर्षमा ८० जनप्रतिनिधि कानूनी फन्दामा

Photo Credit :Lokantar

संघीय संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई असोज १९ गते साँझ ६ बजे प्रहरीले पक्राउ पर्‍यो ।

असोज ११ गते साँझ तीनकुनेस्थित रोशनीको घरमा तत्कालीन सभामुख कृष्णबहादुर महरा गएको पुष्टि भएसँगै प्रहरीले १९ गते उनलाई पक्राउ गरेको थियो ।दशैंको बिदा परेकाले प्रहरीले महरालाई १० दिनपछि असोज २८ गते पहिलो पटक अदालतमा पेश गराउँदै १३ दिनको थुनुवा म्याद थप गरेको थियो ।

दोस्रो पटक असोज ३ गते आइतवार फेरि अनुसन्धान नसकिएको भन्दै ५ दिनको म्याद थप गरिएको छ । आरोप लागेसँगै महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिए भने पक्राउ परेसँगै उनको सांसद पद निलम्बनमा परेको छ । महरा प्रहरी हिरासतमै छन् । अनुसन्धान पनि सकिएको छैन ।

अर्का प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई असोज २६ गते रौतहटको शेख इद्रीश गेटबाट प्रहरीले पक्राउ गर्‍यो । पहिलो संविधान सभाको पूर्वसन्ध्यामा चुनाव बिथोल्नको लागि २०६४ चैत २७ गते बम बनाउने क्रममा विस्फोट भएको र विस्फोटमा परेर घाइते भएका २२ जनालाई ट्रयाक्टरमा लगेर जिउँदै नजिकैको इँटाभट्टामा जलाएको आरोपलाई प्रहरीले १२ वर्षपछि खोतलेको छ ।

 

प्रकाशित मिति: : 2019-10-24 13:58:36

प्रतिकृया दिनुहोस्