गर्भपतन गराउनेको संख्या बढ्यो, अधिकांश २० वर्षमुनिका

धनगढी – कैलालीमा सुरक्षित गर्भपतन गराउने किशोरीको संख्या अत्याधिक देखिएको छ। गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरीको संख्या बढी छ।

जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार हालसम्म जिल्लामा गर्भपतन गराएकामध्ये २० वर्षमुनिका किशोरीको संख्या एक हजार एक सय ८४ अर्थात ९ दशमलव ८९ प्रतिशत रहेको छ। 

आर्थिक वर्ष २०७५/७६ मा गर्भपतन गराएका दुई हजार आठ सय ९२ मध्ये दुई सय ४१ जना (आठ दशमलव तीन प्रतिशत) २० वर्षमुनिका किशोरी रहेका छन्।

त्यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ४ हजार ४ सय ८३ ले गर्भपतन गराएकोमा ४ सय ७६ जना (१० दशमलव ६१ प्रतिशत) २० वर्षमुनिका किशोरी रहेका छन् भने आर्थिक वर्ष २०७३/७४ मा ४ हजार ५ सय ९६ जनाले गर्भपतन गराएकोमा ४ सय ६७ जना (१० दशमलव १६ प्रतिशत) २० वर्षमुनिका किशोरी रहेका छन्।

सरकारबाट स्वीकृति लिएर सुरक्षित गर्भपतन गराउने संस्थाहरुले औषधि खुवाएर र शल्यक्रियामार्फत गर्भपतन गराउने गर्छन्। कैलालीमा औषधिभन्दा शल्यक्रियामार्फत गर्भपतन गराउनेको संख्या उच्च छ।

प्रकाशित मिति: : 2019-10-09 16:48:20

प्रतिकृया दिनुहोस्