हिरासतमा महराका तीन दिन : न नेता-कार्यकर्ता भेट्न आए, न टीका लाए

काठमाडौं । देशभर उमंगका साथ दसैं मनाइरहँदा महाअष्टमी (आइतबार) साँझ कृष्णबहादुर महरा भने प्रहरी हिरासतमा पुगे । 

त्यसो त विभिन्न कसुरमा दैनिक रुपमा थुप्रै आरोपित पक्राउ पर्छन् र प्रहरी हिरासतमा पुर्याइन्छन् । तर, महराको चर्चा भने बढी हुन पुग्यो । कारण– महरा निवर्तमान सभामुख हुन् र बहालवाला सांसद । संसद् सचिवालयकै एक कर्मचारीमाथि यौन दूराचारको आरोप लागेपछि उनले सभामुखबाट राजीनामा दिएका थिए । तर, सभामुखको सरकारी निवास छाडेका थिएनन् । 

आरोप लागेको एक सातापछि आइतबार प्रहरीले उनलाई पक्राउ गरेको हो । दुई दिन अघिमात्र उनीमाथि उजुरी परेको थियो । 

दसैंको भोज चलिरहँदा आइतबार साँझ महरालाई लिन निवासमा पुग्यो प्रहरी । सोही दिन अदालतले महरालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइसकेको थियो । 

प्रकाशित मिति: : 2019-10-09 15:40:50

प्रतिकृया दिनुहोस्