मदनदासलाई 'महिषासुर' बनाउने दशैं रेडियो नाटकको त्यो हाँसो

भक्त महिषासुर, म तिम्रो हजारौं वर्षदेखिको तपस्याबाट धेरै प्रसन्न छु। जो इच्छा छ वरदान माग।'

-'हे जगतपिता, हे श्रृष्टिकर्ता मलाई मृत्युदेखि ज्यादै डर लाग्छ। यदि हजुर मदेखि साँच्चै प्रसन्न होइबक्सन्छ भने मलाई अमर बनाइ बक्सियोस् प्रभु।'

'बालक महिषासुर, संसारमा जन्म लिएपछि मर्नैपर्छ। जन्मपछि मृत्यु र मृत्युपछि जन्म धुव्र सत्य छ, त्यसैले अमर भन्दाबाहेक अरु केही माग बाबु।'

- 'त्यसो हो भने हे ब्रह्मदेव मलाई कुनै देवताले मार्न नसकून्। दैत्यले मार्न नसकून्, मानवले पनि मार्न नसकून्। यदि सक्दछे भने कुनै स्त्रीको हातबाट मेरो मृत्यु होस्। नभए मेरो मृत्यु नहोस्। 

'तथास्तु !'

लगत्तै राक्षस हाँस्छ-'हुहाहाहाहाहा… हुहाहाहाहाहाहा….'

प्रकाशित मिति: : 2019-10-09 11:48:39

प्रतिकृया दिनुहोस्