‘के दसैं बनाएको यस्तो?’

दसैं कसैलाई दसैं हुन्छ कसैलाई दशा', कलाकार हरिवंश आचार्य यसै भन्छन्। 

दसैंको अर्थशास्त्र र नेपाली समाजको अर्थशास्त्रमा बेमेल भएको उनको बुझाइ छ।

उनले यो प्रसंग आफू र मदनकृष्ण श्रेष्ठले मिलेर करिब २८ वर्ष अगाडि बनाएको 'दसैं' टेलिश्रृंखलाको चर्चा गर्दा सुनाएका हुन्।

मदन र हरि दुवैलाई आज पनि नेपाली समाजको दसैं त्यसै टेलिश्रृंखलाको वरिपरि घुमेको छ जस्तो लाग्छ। यसका पात्र र परिवेशमा आंशिक परिवर्तन भए आज पनि नेपाली समाज हेर्दा उनीहरू खास तात्विक अन्तर देख्दैनन्।

प्रकाशित मिति: : 2019-10-09 07:42:50

प्रतिकृया दिनुहोस्