कोही दसैं बनेर आए, कोही आँशु बोकेर गए

काटमाडौं - मलेसियामा पाँच वर्ष रोजगारी गरेर बिहीबार दिउँसो काठमाडौंस्थित त्रिभुवन विमानस्थल ओर्लिएका सुमन श्रेष्ठको मुहार खुसीले बलेको थियो । उनलाई लिन पुगेका आफन्तको अनुहारमा पनि हर्षको सीमा थिएन । हेटौंडादेखि राजधानी आएकी आमा बबिताले उनलाई देख्नेबित्तिकै अँगालो हालेर रोइन् । ‘यो मेरो हर्षको आँसु हो,’ छोराको शिरमा हात राख्दै उनले भनिन्, ‘पाँच वर्षपछि मेरो दसैं घर आएको छ ।’

प्रकाशित मिति: : 2019-10-05 10:02:23

प्रतिकृया दिनुहोस्