बाहिर आउँदैनन् ‘सेक्सुअल ह्यारेसमेन्ट’का घटना

काठमाडौंको एक सरकारी कलेजमा स्नातकोत्तर पढ्दै गरेकी ग्रीष्मा राई (नाम परिवर्तन) लाई केही महिनाअघि नचिनेको नम्बरबाट फोन आयो । फोनमा बोल्ने युवकले सुरुमा चिनेको व्यक्तिबाट नम्बर पाएको बताए । चिनेजानेको बहाना गर्दै उनले कुरा अगाडि बढाए । ग्रीष्माले पनि कोही चिनेकै, तर याद नआएको होला भनी कुराकानी गर्न थालिन् । कुराकानीकै क्रममा ती व्यक्तिले शारीरिक सम्पर्कका लागि प्रस्ताव राखे । ग्रीष्माले प्रतिकार गरिन् । बारम्बार फोन, म्यासेजबाट दबाब आउन थालेपछि उनी प्रहरीको सहयोग लिने मनस्थितिमा पुगिन् ।

प्रकाशित मिति: : 2019-10-05 09:57:56

प्रतिकृया दिनुहोस्