महरालाई नपक्रन दबाब

काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारबाही गर्ने कि नगर्ने ? प्रहरी दुविधाग्रस्त देखिएको छ। ‘लिखित उजुरी नआई कसरी समात्ने ? ’, उच्च स्रोत भन्छ, ‘भोलि अदालतमा जाहेरवाला खोइ भनेर खोजी हुन्छ। प्रहरी प्रतिवेदनले मुद्दा चलाउने हो भने पनि घटना वारदातमा प्रहरी थिएन। त्यसैले कानुनी कारबाहीको बाटो साँघुरिएको हो।’

महरालाई तत्काल पक्राउ नगर्न नेकपाको पूर्वमाओवादी नेता र सरकारको दबाब रहेको स्रोत बताउँछ। ‘प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड (पुष्पकमल दाहाल)कै सुझावमा महराले सभामुखबाट राजीनामा दिएका हुन्’, ती स्रोत भन्छ, ‘तर, महरालाई पक्राउ गरेर छानबिन नथाल्न पार्टीभित्रकै दबाब छ। यसले पनि हामीलाई दुविधा गराएको हो।’

प्रकाशित मिति: : 2019-10-05 09:54:45

प्रतिकृया दिनुहोस्