उमेरअनुसार कति मासु खाने?

मासु प्रोटिनको राम्रो स्रोत हो। १०० ग्राम मासुमा लगभग २५ ग्राम प्रोटिन पाइनुका साथै भिटामिन र मिनिरल पनि प्रशस्त पाइन्छ। मासुले मांसपेसी विकास गर्न मद्दत गर्छ। मासु आइरनको पनि राम्रो स्रोत हो। मासुमा भिटामिन ‘ए’, ‘डी’, ‘ई’ र केही मात्रामा भिटामिन ‘बी’ र जिंकसमेत पाइन्छ। मासुलाई आवश्यकताको पहिचान गरी मिलाएर खान जान्यो भने धेरै फाइदा हुन्छ। तर, आवश्यकभन्दा बढी मासु खाएमा स्वास्थ्यमा नकारात्मक असर पार्छ।

त्यसकारण उमेरअनुसार, स्वास्थ्य अवस्था र आफ्नो आवश्यकताको पहिचान गरी मात्रा मिलाएर मासु खान आवश्यक छ। जथाभावी मासु खाँदा वृद्ध र बिरामीलाई बढी स्वास्थ्य समस्या देखिने गर्छ। वृद्ध र बिरामीलाई बढी स्वास्थ्य समस्या देखिने भएकाले रातो मासु खाँदा चिल्लोरहित मासु खानु पर्दछ। 

प्रकाशित मिति: : 2019-10-05 09:50:14

प्रतिकृया दिनुहोस्