डेरा खोज्दै महरा, सुरक्षाकर्मी र गाडी फिर्ता !

काठमाडौं – प्रतिनिधि सभाको सभामुख पदबाट मंगलवार राजीनामा दिएका कृष्णबहादुर महराले सरकारले उपलब्ध गराएका सुरक्षाकर्मी र सवारी साधन फिर्ता गरेका छन् ।

महराको राजीनामा संसद् सचिवालयले बुधवार सूचना पत्रमा प्रकाशित गरेपछि उनी औपचारिक रूपमा पदमुक्त भइसकेका छन् । महराले बिहीवार गाडी र पीएसओ सहितका सुरक्षाकर्मी फिर्ता गरेको उनका प्रेस सल्लाहकार डिल्ली मल्लले लोकान्तरलाई जानकारी दिए ।

प्रकाशित मिति: : 2019-10-04 10:21:29

प्रतिकृया दिनुहोस्