कारखानामा खटिने मजदूरभन्दा सस्तोमा शिक्षक : श्रम मन्त्रीले तोकेको ८ हजार ४ सय रुपैयाँले टिक्छन् कसरी?

तस्बिरः पहिलोपोष्ट

काठमाडौं : रविना रावल विभिन्न निजी विद्यालयमा कक्षा ८, ९ र १० मा गणित अध्यापन गराउँछिन्। केही समयअघि उनी धुम्बाराहीस्थित एक विद्यालयमा पढाउँथिन्। त्यहाँ कक्षा ९ र १० का दुईवटा गणितका चारवटा कक्षा लिन्थिन्, मासिक १८ हजार पाउँथिन्।

उनका लागि दैनिक चारवटा कक्षाको १८ हजार राम्रो रकम थियो। किनकि उनीसँग एउटै विद्यालयमा काम गर्ने अन्य शिक्षक शिक्षिकाको तलब आठ हजारदेखि सुरु भएर १२/१३ हजार सम्ममात्र थियो, त्यो पनि माध्यमिक तह पढाउनेको।

प्रकाशित मिति: : 2019-10-03 17:57:10

प्रतिकृया दिनुहोस्