प्रशासनको आँखा छल्न घरभित्र अवैध पक्की मदिरा भट्टी

तस्बिरः थाहाखबर

असोज १६, २०७६ बारा :

बाराको फेटा गाँउपालिका-४ बतराका जोग मुखिया बिनको घरमा अवैध घरेलु मदिरा भट्टि सञ्चालन भएको खबर पाएपछि १२ जनाको प्रहरी टोलीले घर घेरेर तयारी मदिरा, कच्चा पदार्थ र भट्टी नष्ट गर्‍यो।

स्थानीय प्रशासनले १५ दिनअघि मदिरा भट्टी नष्ट गरेको विनको घरमा बुधबार राती ५ जनाले ज्यान गुमाए। एक परिवारका चारसहित पाचजनाको शव मदिरा भट्टीभित्र प्रहरीले राति ८ बजेपछि भेट्टायो। मृत्यु हुनेमा बालिकादेखि ज्येष्ठ सदस्यसमेत थिए। मृत्यु हुनेमा ४० वर्षीय जोग मुखिया बिन, उनकी ३० वर्षीया पत्नी लालमुनी देवी, भाइ महेन्द्र मुखिया र १२ वर्षीया छोरी सुमनकुमारी र भारतीय मजदुर ५० वर्षीय गुल्सन माझी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति: : 2019-10-03 17:39:25

प्रतिकृया दिनुहोस्