उदाहरणीय झा दिदीबहिनी

तस्बिरः गोरखापत्र

काठमाडौँ, असोज १६ गते । तराई मधेसका ग्रामीण तथा सहरी क्षेत्रमा अझै पनि छोरीलाई अध्ययन अतिरिक्तका क्रियाकलाप वा खेलकुदमा सहभागी गराइनु आश्चर्यका रूपमा लिइन्छ ।

विद्यालय स्तरसम्म खेलकुदमा सहभागी हुनु स्वीकार्य भए पनि क्षमता हुँदाहुँदै सामाजिक परिबन्ध र लोकलाजले खेलकुद र अन्य सीप विकासका गतिविधिमा सहभागी हुन वञ्चित गरिन्छ । सामाजिक कारणले नै क्षमता एवं प्रतिभा दबाउन बाध्य हुन्छन् छोरीहरू तर यी परिबन्ध र सामाजिक बहसलाई विराम लगाउने प्रयत्न गर्नुभएको छ– प्रदेश २ को लक्ष्मीनियाँ गाउँपालिका–७, कुम्हरौडाका दिदीबहिनी शिषा र रक्षा झाले ।

उहाँहरू बुवा इन्द्रकुमार झाको तीन छोरीमध्ये माहिली र कान्छी हुनुहुन्छ । दुवै दिदीबहिनी राष्ट्रिय कबड्डी टोलीको प्रतिनिधित्व गरी अन्तर्राष्ट्रिय खेलहरूमा समेत सहभागी भएका छन् । शिषाले कबड्डी टोलीको प्रतिनिधित्व गरी भारतको गुवाहाटीमा भएको बाह्रौँ साफ च्याम्पियनसिपमा सहभागिता जनाउनुभयो । प्रतियोगितामा नेपालले तेस्रो स्थानमा चित्त बुझाउँदा शिषाको प्रदर्शन पनि शीर्ष पाँचभित्रै रहेको राष्ट्रिय टोलीका प्रशिक्षक तारासिंह भाट बताउनुहुन्छ ।

प्रकाशित मिति: : 2019-10-03 08:53:01

प्रतिकृया दिनुहोस्