उपभोक्ता समितिमाथि अख्तियारको अंकुश, प्राविधिक रूपले जटिल काम समितिमार्फत् नगराउन निर्देशन

तस्बिरः नेपाल न्यूज

स्थानीय तहले उपभोक्ता समितिमार्फत् गराउने काममा अनियमितता बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडाइ गरेको छ । उपभोक्ता समितिले लाखौं रुपैयाँ खर्चेर गर्ने कामको गुणस्तरमा पनि प्रश्न उठेपछि अख्तियारले प्राविधिक रुपले जटिल काम उपभोक्ता समितिमार्फत् नगराउन भनेको छ।

अख्तियारले अबका दिनमा यस्ता काम खुल्ला बोलपत्र आव्हान गरेर मात्र गर्न निर्देशनसमेत दिएको छ । अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखि सबै स्थानीय तह, सात वटै प्रदेश सरकार र सम्बन्धित निकायलाई निर्देशनअनुसार कार्य गर्न भनेको हो ।

प्रकाशित मिति: : 2019-10-01 23:44:27

प्रतिकृया दिनुहोस्