कर्मचारी राख्न केन्द्रको मुख ताक्दै प्रदेश सरकार, कर्णाली जान मान्दैनन् राष्ट्रसेवक

तस्बिरः पहिलो पोष्ट

सुर्खेत : प्रदेश सरकार गठन भएसँगै कर्मचारी अभाव झेलेको कर्णाली प्रदेश सरकारले कर्मचारी पूर्ति गर्न अझैपनि संघीय सरकारको मुख ताकेको छ। संसद बैठकबाट प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी विधेयक पास भइसक्दापनि प्रदेश सरकार संघीय सरकारकै भरमा रहेको हो।

'हामीले पटक पटक केन्द्र सरकारसंग कर्मचारी पठाउन भनिरहेका छौँ' प्रमुख सचिव केवलप्रसाद भण्डारीले भने, 'कोही पनि कर्णालीमा आउनै मान्दैनन् भन्ने जवाफ आउँछ।'प्रदेश सरकारले कर्णालीबाटै छनौट भएका कर्मचारीलाई कर्णालीमा आउन समेत आग्रह गरेको भण्डारीले बताए।

प्रकाशित मिति: : 2019-10-01 23:36:07

प्रतिकृया दिनुहोस्