महरा–महिला झगडाको त्यो ब्रिफिङ जुन सुनेपछि राजीनामा माग्ने निष्कर्षमा पुगे ओली–प्रचण्ड

तस्बिरः लोकान्तर

असोज १४, २०७६

काठमाडौं– सभामुख कृष्णबहादुर महारामाथि ‘बलात्कार’जस्तो जघन्य अपराधको आरोप लागेपछि मंगलवार नेकपा सचिवालयको आकस्मिक बैठक बस्यो । बालुवाटारमा बसेको बैठकमा एक किसिमको सन्नाटा नै थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसअघि नै छुट्टै छलफल गरेर महरालाई राजीनामा दिन लगाउने निष्कर्षसहित बैठकमा पुगेका थिए ।

अध्यक्षद्वयको निर्णयलाई वैधानिकता दिने हिसाबले मात्र सचिवालय बैठक बसेको थियो । बैठकमा अध्यक्ष ओलीले नै विषयवस्तुलाई प्रवेश गराए । ‘उहाँलाई राजीनामा दिन लगाउँ’ भन्ने प्रस्ताव पनि अध्यक्षकै तर्फबाट आयो । अध्यक्षद्वयको प्रस्तावमा निर्णय नहुने कुरै भएन, प्रस्ताव अनुसारकै निर्णय भयो । नेकपामा एकीकरणयता अध्यक्षद्वयका हरेकजसो प्रस्तावमा लालमोहर लाग्ने गरेको छ ।

प्रकाशित मिति: : 2019-10-01 23:23:52

प्रतिकृया दिनुहोस्