बलिउड अभिनेत्री उर्वशी रौतेलादेखि बेलायती गायिका तोरी ह्वाइटसम्मलाई सिँगार्ने नेपाली चेली

तस्बिरः नेपाललाइभ

बेलायतको नर्थह्याम्पटन केन्द्रमा बेलायती र अन्य देशबाट आएका आप्रवासीले खोलेका झन्डै ४० वटा सैलुन छन्। त्यही भिडमा छ, सविता श्रेष्ठ भारीले खोलेको प्रोफेसनल इलिगेन्स सैलुन। यो पहिलो र एक्लो नेपाली सैलुन हो, जहाँ भारतीय बलिउड अभिनेत्री उर्वशी रौतेलादेखि बेलायती गायिका तोरी ह्वाइटले पाइलो टेकिसकेका छन्। 

बेलायती गायिका ह्वाइट त  पाँच वर्षयता यस सैलुनकी नियमित ग्राहक नै हुन्। कैयौं सेलिब्रिटीहरु आए। तिनलाई सिँगारिन् सविताले। तर, आफ्नै काममा रमाउने, फोटो खिच्न उति नरुचाउने स्वभावकी  सउनले ग्राहकको नाम र पेसा खासै ख्यालै गरिनन्। यो सुन्दर र शान्त सहरमा १३ वर्षअघि सुनौला सपना बोकेर आएकी थिइन्। सविता। चितवन नारायणगढ घर भएकी उनले ६ त कामकै खोजीमा भौंतारिनुपर्‍यो। कालान्तरमा नर्थह्याम्पटनमै आफ्नै व्यवसाय गरेर अरुलाई रोजगारी दिने अवस्थामा पुगिन्।

प्रकाशित मिति: : 2019-10-01 07:15:24

प्रतिकृया दिनुहोस्