आत्मसम्मान र आम्दानीको स्रोत बन्दै पशुपालन

तस्बिरः नेपाल न्यूज

बाँकेमा पशुपालन व्यवसाय फस्टाउँदै गएको छ। पशुपालन व्यवसायले आयआर्जन बढाउनुका साथै आत्मसम्मान पनि बढाएको कृषक महिलाहरूले बताएका छन्। ‘पहिले खसीबाख्रा पाल्छुभन्दा लाज लाग्थ्यो। आजभोलि गर्व लाग्छ’, राप्तीसोनारी–२ मधुवाकी लिला भन्डारीले भनिन्, ‘एकपटक बाख्रा पालेकै कारण सम्मानित भएँ। सम्मानले थप हौसला बढाएको छ।’

उनले दसैंको खर्च जोहो गर्न दुई खसी बेचिसकेकी छन्। जननी सामाजिक उद्यमी सन्जालकी सदस्यसमेत रहेकी उनी सहकारीमा आवद्ध भएको तीन वर्ष भयो। अहिले उनीसँग १० खसी छन्। सहकारीमा ५ वटा रेट कायम गरिएको छ। ४ सय ४० देखि ५ सय १५ रुपैयाँ किलोसम्म गरी ५ वटा मूल्य निर्धारण गरिएको छ। उनको २४ किलोको खसी ४ सय ४० रुपैयाँ किलोमा बिक्री गरिन्।

प्रकाशित मिति: : 2019-10-01 07:11:40

प्रतिकृया दिनुहोस्