विवेकशील नेपालीको अध्यक्ष मिलन पाण्डे र शिव थापा भिड्ने

फाइल तस्बिर

विवेकशील नेपाली दलको अध्यक्ष मिलन पाण्डे र शिव थापा भिड्ने भएका छन् ।अध्यक्षको लागि दुबैले उम्मेदवारी दिएका हुन् ।

पाण्डे विवेकशीलका प्रवक्ता हुन् भने थापा प्रदेश ५ संयोजक । उपाध्यक्षमा अजिता राईको मात्र उम्मेदवारी परेको छ भने महासचिवमा कर्मा लामा र निर्देश सिलवालको उम्मेदवारी परेको छ ।

वर्तमान अध्यक्ष उज्वल थापाले फेरि अध्यक्ष नहुने यसअघि नै घोषणा गरेका थिए । विवेकशीलको राष्ट्रिय सम्मेलन कात्तिक १ र २ मा हुनेछ, जसले नेतृत्व चयन गर्नेछ ।

प्रकाशित मिति: : 2019-09-23 18:05:42

प्रतिकृया दिनुहोस्