प्रधानमन्त्री कार्यालयको वेबसाइटमा मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण

तस्बिरः नयाँ पत्रिका

धानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकारी वेबसाइटमा ‘आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरण’ शीर्षकमा ०७४/७५ कै विवरण राखिएको छ । वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण भन्ने शीर्षक छ । जसमा आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरण भनेर उल्लेख गरिएको छ । तर, त्यहाँ गत वर्षकै विवरण छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले यसबारे आफूलाई केही थाहा नभएको बताए । सूचना प्रविधि शाखासँग समन्वय गरेर मात्रै प्रतिक्रिया दिन सक्ने उनले बताए । ‘आव ०७५/७६ को सम्पत्ति विवरण प्राप्त भइसकेको छ, सार्वजनिक गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक हुन्छ, गलत शीर्षक परेको मलाई थाहा छैन ।’

प्रकाशित मिति: : 2019-09-27 06:35:50

प्रतिकृया दिनुहोस्