काठमाडौँ, असोज १० गते । निर्धारित समयसीमाभन्दा दुई वर्षपछि देशलाई खुला दिसामुक्त घोषणा गरिँदैछ । शतप्रतिशत घरधुरीमा शौचालय बनाइएकाले यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त मुलुक घोषणा गरिने भएको हो । नेपाल सरकारको सरसफाइ गुरुयोजना, २०६८ ले नेपाललाई सन् २०१७ मा खुला दिसामुक्त घोषणा गर्ने राष्ट्रिय लक्ष्य तय गरेको थियो । त्यसबीचमा भूकम्प, चुनाव लगायतका कारण शौचालय बनाउने काममा बाधा आइप¥यो । सन् २०१९ मा लक्ष्य पूरा गर्ने मिति सारिएको थियो ।
असोज १३ गते खुला दिसामुक्त मुलुक घोषणासँगै नेपालको पूर्ण सरसफाइसम्बन्धी पहिलो र महìवपूर्ण राष्ट्रिय लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धतासमेत पूरा हुँदैछ । गएको साता मात्र ७७औँ जिल्लाका रूपमा भोजपुरलाई खुला दिसामुक्त घोषणा गरियो । योसँगै नेपाल खुला दिसामुक्त मुलुक भएको छ, जसको घोषणा असोज १३ गते हुँदैछ ।खानेपानी मन्त्रालय खुला दिसामुक्त मुलुक घोषणाको तयारीमा लागेको छ । प्रत्येक घरधुरीलाई चर्पीको पहुँच पु¥याउने खुला दिसामुक्त अवस्थासम्बन्धी मानक पूरा गरेपछि खुला दिसामुक्त घोषणा गर्न लागिएको हो । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव देवेन्द्र झाले भन्नुभयो, “देशका शतप्रतिशत घरधुरीमा शौचालय बनाइएकाले खुला दिसामुक्त घोषणा गर्ने बाटो खुलेको छ ।”
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया