४० रुपैयाँमा उपचार, ६० रुपैयाँमा भात

तस्बिरः शिलापत्र

संविधानले भन्छ, स्वास्थ्य सेवा मौलिक अधिकार हो । परिवारको कुनै सदस्यलाई अस्पताल भर्ना गर्नुपर्दा हामी सबैभन्दा दुःखी, चिन्तित र भयग्रस्त हुन्छौं । आर्थिक अवस्था हेरेर उपचारका लागि अस्पताल छान्छौं किनभने संविधानमा लेखिएझैं स्वास्थ्य सेवा अझै मौलिक अधिकार भएको छैन ।

सरकारी अस्पताल उपचारका लागि योग्य छैनन् । निजी अस्पतालको शुल्क हाम्रो आर्थिक क्षमताभन्दा निकै उच्च छ । बहुसंख्यक नेपालीको पहुँचबाट टाढा रहेको स्तरीय स्वास्थ्य सेवाको मृगतृष्णा मेटाउने काम गर्यो, धुलिखेल सामुदायिक अस्पतालले । धुलिखेल नगरपालिका र डा. रामकण्ठ माकजू श्रेष्ठको सक्रियतामा धुलिखेल सामुदायिक अस्पताल स्थापना (२०५३) भएको हो । यो अस्पतालले समुदायलाई केन्द्रमा राखेको छ । सुरुमा यो ३५ शय्याको अस्पताल थियो । अहिले यो अस्पतालमा २ सय ७० बढी शय्या छन् ।

प्रकाशित मिति: : 2019-09-26 19:43:35

प्रतिकृया दिनुहोस्