दशैंमा मासुको अभाव नहुने, दैनिक कति चाहिन्छ खसी बोका ?

तस्बिरः रातोपाटी

काठमाडौं– यसवर्षको दशैं तिहारमा खसीबोकाको मासुको अभाव नहुने भएको छ। दशैंमा घटस्थापनादेखि नवमीसम्म खसी बोकाको अत्यधिक माग हुने समय हो । यो अवधिमा ४० हजार खसी बोकाको माग हुने गरेको पशु सेवा विभागका महानिर्देशक डा. बंशी शर्माले जानकारी दिए । अन्य समयमा महिनामा ५० हजार खसी बोका खपत हुने गरेका छन  । यो माग ९५ प्रतिशत नेपाली उत्पादनले नै धान्ने गरेको छ । तर दशैमा भने १० दिनमै ४० हजार खसीबोकोको माग हुने गरेको उनको भनाइ छ । देशभर वार्षिक ३३ लाख खसीबोकाको माग हुन्छ  । जसमा २७ लाख उपत्यका बाहिर र ६ लाख  उपत्यकामा चाहिन्छ । 

पछिल्लो समय देश मासुमा आत्मनिर्भर हुने अवस्थामा पुगेको र अर्को वर्षदेखि शतप्रतिशत माग स्वदेशकै उत्पादनले धान्ने उनले बताए । अहिले नपुग ५ प्रतिशत चीन र भारतबाट आयात हुन्छ । सुर्खेत, दाङ, लालबन्दी लगायतका ठाउँबाट पनि खसी बोका आपूर्ति गरिन्छ ।

प्रकाशित मिति: : 2019-09-26 16:10:39

प्रतिकृया दिनुहोस्