प्रागऐतिहासिक शिशुलाई बोतल मार्फत खुवाईन्थ्यो बाख्रा, गाई–भैँसीको दूध

फाइल फोटो

लिखित इतिहास भन्दा पहिले (प्रिहिस्टोरिक एज) को समयमा नवजात बालबालिकालाई बोतल मार्फत गाई–भैँसीको दूध खुवाइने गरेको नयाँ तथ्य फेला परेको वैज्ञानिकले बताएका छन् ।

पुरातत्वविदहरुले प्राचीन माटाका भाँडाहरुमा ‘एनिमल फ्याट’ को अवशेष फेला परेका हुन्। यसले प्रिहिस्टोरिक समयका शिशुको पोषणका सम्बन्धमा दुर्लभ जानकारी दिएको जनाइएको छ । नयाँ तथ्य अनुसार शिशुहरुलाई थप पोषणका रुपमा स्तनपानसँगै पशुको दूध बोतल मार्फत खुवाइने गरेको खुलेको अनुसन्धानमा संलग्न पुरातत्वविदले बताएका छन् ।

 

प्रकाशित मिति: : 2019-09-26 09:40:11

प्रतिकृया दिनुहोस्