हाब्रेलाई चितुवाको पत्र सुनाउँदै दिलुको सारंगी

प्रकाश 'दिलु' गन्धर्व आफ्नो सारंगी र 'आरबाजो'को धुनमा वनका कथा सुनाउँछन्। तस्बिरः नारायण महर्जन/सेतोपाटी

परापूर्वकालदेखि कथा, सूचना सुनाउँदै हिँड्ने बाध्ययन्त्र हो, सारंगी। यसबाट सुनाइने कथा साँच्चै मिठो हुने भएकाले होला, बिबिसी रेडियोमा एउटा कार्यक्रम बज्थ्यो, 'कथा मिठो सारंगीको...'

देशका गाउँ–सहर यात्रा गर्दै कार्यक्रममार्फत् मान्छेका कथा–व्यथा र अनुभवहरू सुनाइन्थ्यो। त्यसलाई नाट्य संवादमार्फत प्रस्तुत गरिन्थ्यो। त्यही कार्यक्रमले प्रकाश 'खड्का' गन्धर्वलाई 'दिलु गन्धर्व' बनायो। कार्यक्रमको नामझैं सारंगीमा मिठास भर्ने उनलाई अहिले यही नामले नै चिन्ने धेरै छन्। दिलुलाई ७ वर्षदेखि वातावरण र वन्यजन्तु संरक्षणमा लागेको 'ग्रिनहुड नेपाल' संस्थासँग जोडिने कडी त्यही कार्यक्रमले दिएको ख्याती हो। ग्रिनहुडले वन्यजन्तुको चोरी, शिकारी, व्यापार लगायतको अवस्था कस्तो छ भनेर अध्ययन–अनुसन्धान गर्छ। त्यसकै आधारमा सरकारलाई रिट दर्ज गर्नेदेखि तस्करी कार्यमा हस्तक्षेपसम्म गर्छ।

 

 
प्रकाशित मिति: : 2019-09-26 07:09:46

प्रतिकृया दिनुहोस्