ठूलो गतिरोधका बाबजुद पाकिस्तानमा पहिलो पल्ट बाल विवाहलाई रोक्ने कानुन पारित भएको छ।
पाकिस्तानको संसदले ऐतिहासिक फैसला गर्दै बाल बिवाह माथि अंकुश लगाएको छ। अब पाकिस्तानमा विवाहका लागि महिलाको उमेर १८ वर्ष अनिवार्य हुनुपर्नेछ।
यसअघि पाकिस्तानका कट्टरपन्थीहरूले यसलाई इस्लाम धर्मविरूद्ध भन्दै कानुन पारित नगर्न दबाब दिएका थिए।
पाकिस्तानबाट प्रकासित हुने एक्स्प्रेस ट्रिब्युनका अनुसार विपक्षी पाकिस्तान पिपुल्स पार्टी (पिपिपि) की सांसद शेरी रहमानले बाल बिवाह रोकथाम अधिनियम, १९२९ को संशोधनका लागि कानुन टेबुल गरेकी थिइन्।
सोमबार कानुन पारित गर्ने विषयमा सांसदहरू बीच चर्काचर्की भएको थियो। सांसद गफूर हैदरले विरोध जनाउँदै भने, ‘बिहे योग्य उमेर १८ वर्ष गर्नु धार्मिक कानुनको विरोधमा छ।
यसलाई पुर्नविचारका लागि स्लामिक विचारधारा परिषद् (आइआइसी) मा पठाउनु उपयूक्त हुन्छ।’ धार्मिक मामिला सम्बन्धि मन्त्री नुरुल कादरीले भने यस्तै कानुन २०१० मा आइआइसीमा पठाउँदा उल्टै आफूलाई फिर्ता गरिदिएको अनुभव सुनाए।
सांसद राजा रब्बानीले कानुनको समर्थन गरे। उनले सिन्ध विधानसभाले पनि यस्तै कानुन पारित गरिसकेको बताए।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया