कहाँ हराए २५का नोट?

तस्बिरः नेपाल न्यूज

नेपाल राष्ट्र बैंकले हिसाब मिलान र वितरणमा समस्या आएपछि २५ रुपैयाँ दरका नोट छाप्न छाडेको छ। २५ रुपैयाँ दरका नोट छाप्न छाड्नुको रहस्य खोल्दै केन्द्रीय बैंकले यस्तो जानकारी गराएको हो। केही वर्षअघि राष्ट्र बैंकले २५ रुपैयाँ दरका नोट छापेको थियो। तर, ती नोट एकपटक छापेपछि एकाएका छाप्न बन्द भएको थियो। पछि २५ रुपैयाँ दरका नोट छाप्ने चेष्टा राष्ट्र बैंकले गरेन।

हिसाब मिलान र वितरणमा समस्या आएपछि २५ रुपैयाँ दरका नोट छाप्न छाडिएको नेपाल राष्ट्र बैंक मुद्रण व्यवस्था विभागका एक कर्मचारीले बताए। ‘एकपटक छापिएपछि अर्को पटकदेखि छाप्नै छाडियो,’ उनले भने, ‘हिसाबमै गडबड हुने भएकाले पनि पुनः छाप्ने चेष्टा गरिएन।’ २५ रुपैयाँ दरका नोटले व्यवहारिक रुपमा समस्या निम्त्याउने काम गरेकोले पनि छाप्न छाडिएको पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बताए। ’हिसाब गर्दा जहिले पनि बिजोड (अड) नम्बर हुने भएकाले २५ रुपैयाँ दरका नोट व्यवहारिक भएन्’ उनले भने, ‘एक प्याकेट गन्दा २५ सय हुने र गन्नमै समस्या हुने भएकाले पनि छाप्न बन्द गरिएको हो।’

प्रकाशित मिति: : 2019-09-26 07:02:25

प्रतिकृया दिनुहोस्