सरकार भ्रष्टाचारमा लिप्त छ- सभापति देउवा (भिडियोसहित)

तस्बिरः बिएल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन्।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरको ‘कम्युनिष्ट सरकारको काण्डै–काण्ड’ नामक पुस्तकको सोमबार काठमाडौंमा लोकार्पण गर्दै सभापति देउवाले विना टेन्डर सरकारी आयोजनाहरु ठेकेदारलाई जिम्मा लगाउन थालिएको भन्दै मेलम्ची खानेपानी आयोजनामा चरम भ्रष्टचार भएको आरोप लगाए।

उनले सरकार गैरसंवैधानिक काममा मात्र तल्लीन रहेको भन्दै लोकतन्त्रको आधारस्तभ मानिने प्रेस, मानवअधिकार र स्वतन्त्रता हननमा लागेको आरोप लगाए। सभापति देउवाले प्रजातन्त्रका मूलभूत मान्यतामाथि सरकारले आक्रमण गर्ने काम गरिरहेको उल्लेख गर्दे सैह्य नहुने चेतावनी पनि दिए।

कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य एनपी साउद लगायतले सरकार मित्र राष्ट्रहरुसँग सम्बन्ध बिगार्न लागेको भन्दै नेपालको कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीसँग भगिनी सम्बन्ध बनाउँदा देशलाई पुग्ने क्षतितर्फ सचेत हुन आग्रह गरे।

प्रकाशित मिति: : 2019-09-23 16:07:52

प्रतिकृया दिनुहोस्